धन्यन्तरी युवा समूहको आयोजनामा हाँडीगाउँमा रक्तदान कार्यक्रम

शनिबार, ३२ जेठ, २०८२
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा शनिबार काठमाडौंको हाँडीगाउँमा  रक्तदान कार्यक्रम आयोजना गरिएको छ। धन्यन्तरी युवा समूहको आयोजना र ओम अस्पतालको सहयोगमा भएको रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका थिए। 

काठमाडौं–५, हाँडीगाँउस्थित ब्याडमिन्टन खेल मैदानमा भएको रक्तदानमा स्थानीय अगुवाहरूको उपस्थिति थियो। 

रक्तदान तथा मानवसेवाको भावनालाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको धन्यन्तरी युवा समूहका संरक्षक तथा अधिवक्ता उद्धव केसीले बताए। 

युवा समूहका अध्यक्ष धर्मनारायण श्रेष्ठ समाजमा मानवसेवा र परोपकारलाई मूल उद्देश्य बनाउँदै स्थानीयस्तरमा सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिइने बताए। 

सुझावित समाचार