मुलुक पुरानो व्यवस्थामा फर्किँदैन : प्रचण्ड

बुधबार, २९ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक पुरानो व्यवस्थामा नफर्कने बताएका छन्। 

अन्नपूर्ण गाउँपालिका– ३ स्थित ज्ञानप्रकाश नमुना माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले लामो राजनीतिक संघर्ष र जनताको बलबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने बताएका हुन् ।

‘यो व्यवस्थाका कमी–कमजोरी सुधार गर्दै अघि बढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढंगले काम गर्नुपर्छ,’ उनले भने । साथै उनले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदैलोमा पुुग्ने गरेको बताए । कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नातर्फबाट हरसम्भव प्रयास हुने अध्यक्ष प्रचण्डले बताए। 
 

See More On

सुझावित समाचार