औषधिको मूल्य समायोजन सुझाव समितिले मन्त्री पौडेललाई प्रतिवेदन बुझायाे

मंगलबार, २८ जेठ, २०८२
डिजिटल संस्करण

औषधिको मूल्य समायोजन सम्बन्धमा सुझाव दिन गठित मूल्य नीति सुझाव समितिको प्रतिवेदन स्वास्थ्यमन्त्री प्रदीप पाैडेललाई बुझाइएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाइएको हो । तर, सो प्रतिवेदनविरुद्ध औषधि व्यवसायीले औषधि व्यवस्था विभागमा धर्ना दिएका छन्। समितिको प्रतिवेदन व्यवसायीको विरुद्ध रहेको र मूल्य समायोजनबारे आपत्ति जनाउँदै विरोध गरेका हुन्। 

प्रतिवेदन बुझ्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य र औषधिको बिक्री–वितरण र औषधिमा सुशासन कायम गर्न समिति बनाइएको र प्रतिवेदन तयार भएको बताए । मूल्य समायाेजन र कानुनी आधार निर्क्योल गर्न अध्ययन गरिएको उनले बताए ।

‘औषधिको समयसापेक्ष मूल्य निर्धारण गर्नुपर्छ, यसलाई कार्यान्वयन गर्छौँ, विषयवस्तु प्राप्त गरेका छौँ, प्रतिवेदनले औषधिमा सुशासन कायम गर्न र आमउपभोक्तालाई राहत दिने गरी स्थिति निर्माण गर्नुपर्छ,’ उनले भने, ‘गुणस्तरीय र सहुलियतमा औषधि बिक्री–वितरणको परिस्थिति बनाउन खोजेका छौँ, यसले औषधिको मूल्य निर्धारणका लागि टेवा पुग्नेछ, यहीअनुसार नीति बन्छ र कार्यान्वयन हुन्छ ।’

सुझावित समाचार