२३.१९ अंकले बढ्यो नेप्से परिसूचक

सोमबार, २७ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २३.१९ अंक अर्थात् ०.८८ प्रतिशतले बढेर दुई हजार ६५३.०९ विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ वटाको घटेको छ । साथै एउटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका ७८ हजार ८४८ कित्ता सेयर आठ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँ ६२ पैसामा कारोबार भएका छन् । 

साथै मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड, पुरी इनर्जी लिमिटेड, डोल्टी पावर कम्पनी लिमिटेड र विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सेयर मूल्य ९.९९ प्रतिशतले बढेका छन् । साथै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य ७.४७ प्रतिशतले ओरालो लाग्दा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.२३ प्रतिशतले ओरालो लागेको छ ।  आजको कारोबारपछि बजार पुँजीकरण रु. ४४ खर्ब १९ अर्ब २१ करोड ५४ लाख ३४ हजार ४९० पुगेको छ ।
 

सुझावित समाचार