नागढुंगा–नौबिसे सडक थप पाँच दिन दिउँसो बन्द रहने

आइतबार, २६ जेठ, २०८२
डिजिटल संस्करण

निर्माण सुधारका लागि त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडकखण्ड थप पाँच दिनका लागि दिउँसोको समयमा बन्द गरिने भएको छ।

गत १० जेठदेखि नै सो सडक दिउँसो बन्द रहँदै आएको छ। यसअघि २५ गतेसम्मका लागि भनेर बन्द गरिएकोमा निर्माणकाे काम नसकिएकाले जेठ ३० गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म बन्द रहने जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जानकारी दिएको छ । साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइएको छ। 

सुझावित समाचार