थाइल्यान्डबाट गाँजा बोकेर आएका कोलम्बिया र भारतका नागरिक पक्राउ

शनिबार, २५ जेठ, २०८२
डिजिटल संस्करण

थाइल्यान्डबाट गाँजा बोकेर आएका कोलम्बियन र भारतीय  नागरिक  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। कोलम्बियाकी २८ वर्षीया टाटिना बाउटिस्ता र २७ वर्षीय भारतीय नागरिक सुनील कुँवर शुक्रबार बेलुका पक्राउ परेका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट गाँजा परेको हो। उनीहरूमाथि लागुऔषध नियन्त्रण ब्युरोले विस्तृत अनुसन्धान थालेको छ। 

थाइल्यान्डबाट गाँजा लिएर आउने विदेशीहरू पछिल्लो समय बारम्बार पक्राउ परेका छन्। 
 

सुझावित समाचार