गिरुबारी खोलाको पुल मर्मतपछि सञ्चालनमा

शुक्रबार, २४ जेठ, २०८२
डिजिटल संस्करण

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको चोरमाराको गिरुबारी खोलामा भाँचिएको पुल आज साँझबाट सञ्चालनमा आएको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार आज साँझ ६ बजेबाट यातायात सञ्चालनमा आएको हो।

पुल मर्मतको काम सकिएपछि पुल सञ्चालन गरिएको हो। गत वैशाख २९ गते अधिक भार बोकेको होङ्सी सिमेन्टको ट्रकका कारण पुलमा क्षति भएको थियो।

सुझावित समाचार