विपक्षी दलहरूको बैठक जारी

शुक्रबार, २४ जेठ, २०८२
डिजिटल संस्करण

विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी  छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बैठक बसेको  हो । जहाँ माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी छन् ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । त्यसभन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलो गरी सुरु भएको हो ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् ।

सुझावित समाचार