पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

शुक्रबार, २४ जेठ, २०८२
डिजिटल संस्करण

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा खरिदबिक्रीमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापालाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएको छ। सो जग्गा गैरकानुनी रूपमा खरिदबिक्रीमा संलग्न रहेको भन्दै आयोगले थापाविरुद्ध पनि मुद्दा चलाएको हो । मुद्दा चलेसँगै उनी स्वतः पदबाट निलम्बनमा पर्ने भएका छन् । 

थापाले पतञ्जली योगपीठसँग जग्गा खरिद गरेका थिए। हदबन्दीभन्दा धेरै जग्गा खरिदबिक्री गर्न नपाइनेमा उनले खरिद गरेको आधारमा प्रतिवादी बनेका हुन्। यसमा सो समूहसँग उनको साँठगाँठ रहेको आयोगको निष्कर्ष छ । सरकारको नाममा आउनुपर्ने काभ्रेपलाञ्चोकको साँगास्थित सात रोपनी आठ आना एक पैसा जग्गा हाल मेयर थापाको नाममा छ । 

अख्तियारले बिहीबार यस भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

सुझावित समाचार