अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडेरियाको दाबी

शुक्रबार, २४ जेठ, २०८२
डिजिटल संस्करण
  • अनेरास्ववियुको अध्यक्षका लागि हाल ३२ वर्षे उमेरहद तोकिएको छ

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडेरियाले उम्मेदवारी दिने तयारी गरेका छन् । २५ जेठमा हुने २४औँ महाधिवेशनमा उनले उम्मेदवारी दिने तयारी गरेका हुन् ।

उनी हाल यस संगठनको सचिव छन् । हाल उक्त संगठनको अध्यक्षका लागि ३२ वर्षे उमेरहद तोकिएको छ । आफूले अनेरास्ववियुभित्रका गतिविधिमा सक्रियता जनाएको, संगठनमा सक्रिय रहेको, उपचार क्षेत्रमा सहज सेवा प्रदान गरेको, गाउँगाउँमा पुगेर उपचार सेवा दिएकोलगायतका कारण आफू आगामी नेतृत्वका लागि योग्य उम्मेदवार भएको उनले बताए ।

आफू फरक विधामा कार्यरत रहेकाले पनि संगठनले आफूलाई टिकट दिनेमा उनी ढुक्क छन् । ०७३ सालमा नवीना लामा संगठनको अध्यक्ष हुँदा उनी काठमाडाैं विश्वविद्यालय अनेरास्ववियुको विद्यार्थी कल्याण परिषद्को संस्थापक अध्यक्ष थिए ।

यसैगरी, डा. कडेरियाले चिकित्सा क्षेत्रमा भएको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आइरहेका छन् । उनीसँग नेसनल मेडिकल स्टुडेन्ट्स एसाेसिएसनका संस्थापक अध्यक्षको रूपमा काम गरेको अनुभवसमेत छ ।

सुझावित समाचार