पहिलेदेखि नै फसाउने ओलीको षड्यन्त्र थियो : माधव नेपाल [भिडियाेसहित]

बिहिबार, २३ जेठ, २०८२
डिजिटल संस्करण
पहिलेदेखि नै फसाउने ओलीको षड्यन्त्र थियो : माधव नेपाल [भिडियाेसहित]

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पतञ्जली जग्गा प्रकरणमा आफ्नो कुनै हात नरहेको स्पष्टीकरण दिएका छन्।

रौतहटको गौरमा पार्टीका कार्यकर्तासँगको भेटघाटका क्रममा नेपालले केही तल–माथि भएको भए त्यसको जिम्मेवार कर्मचारी हुने बताए। आमनेपाली पतञ्जलीबाट लाभान्वित होऊन् भन्ने मनसायले आफूले जग्गा उपलब्ध गराएको उनको भनाइ थियो।

आफूलाई पहिलादेखि नै प्रधानमन्त्री केपी ओलीले विभिन्न मुद्दामा फसाउने षड्यन्त्र गरेको भन्दै नेपालले त्यसैअनुरूप यो मुद्दा लगाएको आरोप लगाए।

अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनी गौरको कार्यक्रम बिचमै छाडेर काठमाडौं फर्किएका छन्।

हेर्नुस् भिडियाे :

सुझावित समाचार