पतञ्जली जग्गा भ्रष्टाचारमा तत्कालीन दुई मन्त्री तथा मुख्यसचिव पनि प्रतिवादी

बिहिबार, २३ जेठ, २०८२
डिजिटल संस्करण

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा बिक्री प्रकरणमा तत्कालीन दुई मन्त्री तथा मुख्यसचिवलाई पनि प्रतिवादी बनाएको छ ।

आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेकोमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल तथा तत्कालीन भूमिसुधारमन्त्री डम्बरबहादुर श्रेष्ठ र कानुनीमन्त्री प्रेमबहादुर सिंह तथा तत्कालीन मुख्यसचिव स्वर्गीय माधव घिमिरेलाई समेत प्रतिवादी बनाएको छ । तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठको मृत्यु भएकाले उनका छोरा सन्तोष श्रेष्ठलाई बिगो असुल गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । 

आयोगले प्रधानमन्त्री, मन्त्री र कर्मचारीसहित ९३ जनालाई प्रतिवादी बनाएको छ । 

सुझावित समाचार