नारायणी रंगशालालाई चार करोड बजेट विनियोजन

मंगलबार, २१ जेठ, २०८२
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ मा पर्साका विभिन्न ठुला रंगशाला र खेलमैदानका लागि बजेट छुट्याएको छ। जिल्लाका विभिन्न खेलमैदानका लागि १३ करोड बजेट छुट्याएको बजेट पुस्तिकामा उल्लेख छ।

वीरगन्ज महानगरपालिकाअन्तर्गतको नारायणी रंगशाला, निर्माणाधीन नारायणी बहुउद्देश्यीय कभर्ड हल, आदर्शनगर रंगशाला र बढनियार मैदानका लागि बजेट विनियोजन भएको छ।

नारायणी रंगशाला स्तरोन्नतिका लागि चार करोड, नारायणी बहुउद्देश्यीय कभर्ड हललाई चार करोड तथा आदर्शनगर रंगशाला र बढनियार खेलकुद ग्राउन्ड निर्माण गर्न तीन करोड छुट्याइएको छ।

यस्तै, जगरनाथपुर गाउँपालिकाको मधुवाहा मेघराज उपाध्याय क्रिकेट मैदान पनि समेटिएको छ। उक्त मैदानका लागि तीन करोड बजेट परेको छ। सोही वडामा रहेको क्रिकेट खेलमैदानमा तीन करोड बजेट परेको बजेट पुस्तिकामा उल्लेख छ।

सुझावित समाचार