स्वास्थ्य बिमा बोर्डमा १८० जना मेडिकल अधिकृत माग

यसमा आवेदन दिनको लागि एमबिबिएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने छ

आइतबार, १९ जेठ, २०८२
डिजिटल संस्करण

स्वास्थ्य बिमा बोर्डले १८० जना मेडिकल अधिकृत माग गरेको छ । बोर्डले आज सूचना जारी गर्दै तीन महिनाका लागि अधिकृत माग गरेको हो । यो जनशक्ति बिमा दाबी भुक्तानीको रुजु गर्न र सिफारिस गर्नका लागि माग गरिएको हो ।

पर्याप्त जनशक्ति नहुँदा बोर्डमा रुजु र सिफारिसको काम बाँकी छ । यसमा आवेदन दिन एमबिबिएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।

यो टिमले अस्पतालहरूले दिएको माग दाबीको विवरणसमेत केलाउनेछ । पछिल्लो समय कतिपय निजी अस्पतालले फेक क्लेमसमेत गरी तथ्यांक पठाउने गरेको बोर्डको आरोप छ ।

सुझावित समाचार