चौरगाउँमा उत्पादन भएको १०३ क्विन्टल लसुन काठमाडौं पठाइयो

शनिबार, १८ जेठ, २०८२
डिजिटल संस्करण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१०, चौरगाउँमा उत्पादन भएको १०३ क्विन्टल लसुन काठमाडौं पठाएको छ । 

गाउँका २८ घरपरिवारले उत्पादन गरेको सो लसुन काठमाडौं पठाइएको हो । वडा कार्यालयको सहजीकरणमा लसुन काठमाडौं पठाएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार चौरगाउँका खिमबहादुर ओलीले यसयाममा सबैभन्दा बढी १३ क्विन्टल ३० किलो लसुन बिक्रीका लिग काठमाडौं पठाउँदा सबैभन्दा कम रमेश ओलीले एक क्विन्टल चार किलो बिक्री गरेका छन्। चौरगाउँमा उत्पादन भएको लसुन अझै बिक्री गर्न बाँकी रहेको वडाध्यक्ष खड्काले जानकारी दिए । लसुनलाई तीन ग्रेड (ए, बी र सी) मा विभाजन गरेर बिक्री गरिएको हो। 

किसानले ‘ए’ ग्रेड लसुनलाई प्रतिकिलो रु. १२५, ‘बी’ ग्रेडलाई रु. १०५ र ‘सी’ ग्रेडलाई प्रतिकिलो रु. ६० मा बिक्री गरेका छन्। अब क्रमशः वडाको खर्सुपानी, गलम्पाटी, नमुनाबस्ती र खड्का टोलमा उत्पादन भएको लसुन बिक्री गर्ने तयारी वडाले गरेको छ । सो उत्पादन भएको लसुनबाट बिक्रीबाट रु. डेड करोड भित्रिने वडा कार्यालयले अनुमान गरेको छ। हाल वडामा २५० किसानले व्यावसायिक लसुन खेती गर्दै आएका छन्। 

सुझावित समाचार