नेपाल प्रहरीका ११ डिआइजीको पदस्थापन, भिजिट भिसामा अनुसन्धान गर्ने अख्तियारका डिआइजीलाई हटाइयो

शुक्रबार, १७ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीका ११ डिआइजीको पदस्थापन गर्दै एकजनाको सरुवा गरिएको छ । शुक्रबार गृह मन्त्रालयले डिआइजीको सरुवा र पदस्थापन गरेको हो । 

डिआइजी सुदर्शनप्रसाद कोइरालालाई विशेष ब्युरोमा तथा कर्णाली प्रदेशमा माधवप्रसाद श्रेष्ठलाई खटाइएको छ । 

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डिआइजी हिमायनकुमार श्रेष्ठलाई त्यहाँबाट हटाइएको छ । उनको उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेर अख्तियारमा ओमबहादुर रानाको सरुवा गरिएको छ । भिजिट भिसा प्रकरणमा डिआइजी श्रेष्ठकै नेतृत्वको प्रहरीले अन्डरकभर अपरेसन चलाएर अध्यागमन प्रमुख तीर्थराज भट्टराईमाथि अनुसन्धान गरिरहेका वेला एक्कासि गृह मन्त्रालयले डिआइजीको सरुवा गरेको हो । अनुसन्धानमा प्रभावित पार्न यसरी डिआइजीको सरुवा गरिएको आकलन गरिएको छ।  

सो सरुवाप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असहमति जनाउँदै सच्याउनका लागि भनेको छ। 

सुझावित समाचार