हर्क साम्पाङ भन्छन्–जुन देशको गृहमन्त्रीले नै मानव तस्करीको आरोप खेपिरहेका छन्, त्यो देशको प्रहरी कुन चाहिँ मनोबलले लडोस् !

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

धरानका मेयर हर्क साम्पाङले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएका छन्। मन्त्रीमाथि नै मानव तस्करीको आरोप लागेका अवस्थामा उनीमातहतको प्रहरीले कुन मनोबलले काम गर्ला भन्दै उनले प्रश्न उठाएका हुन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–
जुन देशको गृहमन्त्रीले नै मानव तस्करीको आरोप खेपिरहेकाछन्, त्यो देशको प्रहरी कुनचाहिँ मनोबलले लडोस् ! बिचरा...

मन्त्री लेखकमाथि भिजिट भिसाको सेटिङ चलाएर मानव तस्करी गरेको आरोप लागिरहेको छ।  विपक्षीहरूले सो प्रकरणमा उनको राजीनामा मागिरहेका छन्। 

सुझावित समाचार