सरकारले स्टार्टअप व्यवसायमा काम गर्ने विषयविशेषज्ञ तथा लगानीकर्तालाई निःशुल्क आवासीय भिसा उपलब्ध गराउने घोषणा गरेको छ।
त्यस्तै, नेपालमा विदेशी कम्पनीका लागि ‘रिमोर्ट वर्क’ गर्ने व्यक्तिलाई डिजिटल नोम्याड भिसा उपलब्ध गराउने घोषणा पनि बजेटले गरेको छ। अध्यागमन प्रणालीको स्तरोन्नति गरी अनलाइन पेमेन्ट र अनलाइन भिसाको व्यवस्था गर्ने घोषणा बजेटको छ।