सुरुङ विस्तारमा सरकारको जोड

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

सरकारले सडक निर्माण गर्दा सुरुङ प्रविधिको विस्तार गर्ने बताएको छ।

उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०८२/०८३ को बार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

आगामी आवमा नागढुंगा र सिद्धबाबा सुरुङ सञ्चालन गरिने उनले बताए। त्यसका लागि दुई अर्ब ६० करोड विनियोजन गरिएको उनको भनाइ छ।

यसैगरी, अब आरसिसी ढलानसहित सडक कालोपत्रे गरिने पनि उनले बताए।

सुझावित समाचार