महिलाले व्यवसाय दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

अब महिलाले उद्योग, कम्पनी तथा फर्म स्थापना गर्दा शुल्क नलाग्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्दै महिलाको नाममा उद्योग, व्यवसाय, कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने बताएका हुन् । 

‘गृहिणी महिलाका श्रम र सीपलाई साना तथा घरेलु उद्योगसँग जोड्न क्षमता विकासका कार्यक्रमसमेत सञ्चालन गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने ।

सुझावित समाचार