सरकारले प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ८२ अर्ब ८३ करोड हस्तान्तरण गर्ने

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

संघीय सरकारले आगामी आर्थिक वर्ष तल्ला तहमा पाँच खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने भएको छ ।

सरकारले प्रदेश र स्थानीय तहलाई अनुदान र राजस्व बाँडफाँटसमेत गरी झन्डै ६ खर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको हो । जसमध्ये राजस्व बाँटफाँटबाट एक खर्बर ६५ अर्ब हस्तान्तरण हुने अनुमान छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्दै वित्तीय हस्तान्तरणको घोषणा गरेका हुन् । सरकारले वित्त आयोगको सिफारिसमा प्रदेशका लागि ६० अर्ब ६६ करोड र स्थानीय तहका लागि ८८ अर्ब ९७ करोड समानीकरण अनुदान हस्तान्तरण गर्ने भएको छ ।

ससर्तअनुदान प्रदेशका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि दुई खर्ब ११ अर्ब विनयोजन गरिएको छ ।

सुझावित समाचार