संसद् बैठक सुरु, भिजिट भिसा प्रकरणमा विपक्षी दल आन्दोलनमै रहेको चेतावनी

बिहिबार, १६ जेठ, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । अघिल्ला दुई दिन संसद् अवरुद्ध गरेका विपक्षी दलहरूले आज संसद् चल्न दिएका छन् । बैठकको आकस्मिक समयमा बोल्दै माओवादी सांसद हितराज पाण्डेले विपक्षी दलको नेतृत्व गर्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गरे । 

उनले भिजिट भिसा प्रकरणमा आफूहरू आन्दोलनमै रहेको चेतावनी दिएका छन् । गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहने बताए।  गत जेठ १३ गतेबाट आफूहरूले यो प्रकरणमा विषयवस्तु उठाएको बताए । देशमा सुशासन कायम गर्दै आफूहरू आर्थिक समृद्धिका लागि अगाडि बढिरहेको उनकाे भनाइ छ । 

सुझावित समाचार