राजनीतिक पूर्वाग्रहले प्रेरित भई नियोजित आक्रमण भयो : गृहमन्त्री लेखक

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण
राजनीतिक पूर्वाग्रहले प्रेरित भई नियोजित आक्रमण भयो : गृहमन्त्री लेखक

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नियोजित ढंगले आक्रमण भइरहेको दाबी गरेका छन्। संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै गृहमन्त्रीले राजनीतिक पूर्वाग्रहले प्रेरित भएर आक्रमण गरिएको स्पष्टीकरण दिएका हुन्।

‘मलाई मेराविरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले आक्रमण गरिएको छ। र, यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रमूलक छ। यसको क्रम जारी छ भन्ने मैले अनुभूति गरेको छु,’ उनले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अनुसन्धानलाई खुला मनले स्वागत गर्ने भन्दै लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्टीकरण दिए।

उनले भने, ‘म जो लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लड्दै आएको छु, विधिको शासनका लागि आवाज उठाएको छु, त्यस्तो व्यक्तिले संवैधानिक निकायको काममा सहयोग र समर्थन गर्ने मात्रै होइन, म यसको थप सक्रियता र सफलताको अपेक्षा गरिरहेको छु। जुन कुरा मेरा विगतका क्रियाकलापले पनि छर्लंग देखाउँछ।’

सुझावित समाचार