राष्ट्रिय सभामा पनि गृहमन्त्रीको राजीनामा माग

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण
राष्ट्रिय सभामा पनि गृहमन्त्रीको राजीनामा माग

फाइल तस्बिर

राष्ट्रिय सभाका सांसदहरूले पनि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। आज बुधबार बैठकको आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर सार्की अछामीले भिजिट भिसा प्रकरणबारे निष्पक्ष छानबिनको माग गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुखसहित केही कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरफ्तार गरेको र यस प्रकरणमा गृहमन्त्रीको पनि संलग्नताबारे विषयहरू आइरहँदा राजीनामा गरेर अनुसन्धानमा सघाउनुपर्ने उनको भनाइ छ। पछिल्ला विकसित घटनाक्रमको विश्वव्यापी रूपमा नकारात्मक सन्देश गइरहेको पनि उनले बताए। दुईतिहाइको सरकार जनताप्रति जिम्मेवार र जवाफदेही हुन नसकेको उनको आरोप छ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले यस विषयमा सभाको ध्यानाकर्षण भएको बताए। गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले लगातार दोस्रो दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। राष्ट्रिय सभाको बैठक भने सञ्चालन भएको छ।

सुझावित समाचार