विपक्षी दलको बैठक : गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद्को अवरोध जारी राख्ने निर्णय

बुधबार, १५ जेठ, २०८२
डिजिटल संस्करण

विपक्षी दलहरूको बैठक सकिएको छ। बानेश्वरमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा राप्रपाबाहेक विपक्षी दलको बैठक बसेको थियो।  बैठकमा माओवादी, रास्वपा, एकीकृत समाजवादी, प्रभु साह सहभागी थिए।  

बैठकले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद्को अवरोध जारी राख्ने निर्णय गरेको छ । ‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म हिजोको आन्दोलन यथावत् राख्ने निर्णय भएको छ,’ सांसद माधव सापकोटाले भने।

सुझावित समाचार