प्रतिपक्षीले संसद् अवरुद्ध गरेपछि दलहरूसँगको छलफलमा सभामुख

मंगलबार, १४ जेठ, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरे दलहरूसँग छलफलमा जुटेका छन् । प्रतिपक्षी दलहरूको अवरोधका कारण अवरुद्ध भएको बैठक सञ्चालनका लागि सभामुखको कार्यकक्षमा छलफल चलिरहेको छ । 

‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । 

निर्धारित आधा घण्टापछि पनि बैठक सञ्चालन गर्ने वातावरण नबनेपछि संसद् सचिवालयले सूचना टाँस गरेर बैठक दिउँसो २ः३० बजेसम्मका लागि पर धकेलेको थियो । 

तर, निर्धारित समयमा पनि बैठक बस्ने अवस्था नदेखिएपछि सभामुख घिमिरे अहिले दलहरूसँग छलफलमा जुटेका उनको सचिवालयले जनाएको छ ।

सुझावित समाचार