संसद् बैठक आधा घण्टाका लागि स्थगित भएको छ । विपक्षीले बोल्न समय मागिरहेका वेला सत्ता पक्षका सांसदले पनि सदन प्रतिपक्षको मात्रै होइन भनेर प्रतिवाद गरेका गरेका थिए ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, सांसद नागिना यादव, एमालेका अच्युत मैनालीले उठेर समय मागेका थिए । तर, सभामुखले श्याम घिमिरेलाई समय दिएपछि विपक्षीले नाराबाजी थालेका थिए । नाराबाजी सुरु भएपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।