भारतको टायल निर्माता कजारियाको नयाँ सोरुम जितपुर, बारामा सञ्चालनमा आएको छ । हिमाल ट्रेडिङद्वारा सञ्चालित यस सोरुमले उच्च गुणस्तरका टायलको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । सोरुमको उद्घाटन पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री श्रेष्ठले जितपुरमा खोलिएको यो सोरुम क्षेत्रीय विकासको महत्वपूर्ण कदम भएको बताए । ‘यस रणनीतिक विस्तारले स्थानीय व्यापारिक अवसर बढाउनुका साथै हाम्रा आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीलाई अब उत्कृष्ट गुणस्तरका विश्वस्तरीय टायल आफ्नै सहरमा सहज रूपमा उपलब्ध गराउनेछ,’ उनले भने ।
जितपुरको सोरुमले प्रिमियम टायलको अनुभव दिनेछ, जसले ग्राहकलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्ने बताइएको छ । सोरुम विस्तारसँगै कजारियाले उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्ड लागू गर्ने आफ्नो मिसनलाई नेपालका निर्माण सामग्रीको क्षेत्रमा बलियो बनाउँदै लगेको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यको निरन्तरतास्वरूप गैँडाकोटमा सोरुम सञ्चालनमा आएको हो । नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउन लागिपरेको कजारियाले जनाएको छ ।