राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०८२/८३ को बजेटबारे ब्रिफिङ गरेका छन्। सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ।
सोही बजेटबारे मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतलनिवास पुगेर ब्रिफिङ गरेकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।