नेपाल–बेलायत संसदीय कूटनीति सशक्त बनाउने निर्णय

सोमबार, १३ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल–बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक सम्पन्न भएको छ। संयोजक विराजभक्त श्रेष्ठले बोलाएको बैठकले नेपाल र बेलायतबिचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित संसदीय मैत्री समूहलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय गरेको छ।

बैठकमा समूहका सदस्य सांसदहरूबिच नेपाल–बेलायत सम्बन्धका विविध आयामहरूबारे छलफल भएको थियो। संयोजक श्रेष्ठले समूहले आगामी दिनमा दुवै देशका सांसदहरूबिच नियमित संवाद, अनुभव आदानप्रदान र आपसी समझदारी अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई प्राथमिकता दिने जानकारी दिए।

बैठकले नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धलाई थप गहिरो बनाउँदै संसदीय कूटनीतिलाई संस्थागत र सशक्त बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

नेपाल–बेलायत संसदीय मैत्री समूहले आगामी दिनमा दुवै देशका हितमा काम गर्ने रणनीतिसहित योजनाबद्ध गतिविधिहरू सञ्चालन गर्ने तयारी गरेको छ।

सुझावित समाचार