राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ। उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो।
बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता र राजीनामाबारे निर्णय गर्ने बताइएको छ। गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसामा विदेश पठाउँदै विमानस्थलमा दैनिक ५० लाखसम्म असुली हुने गरेको पाइएपछि गृहमन्त्री लेखकको आलोचना भइरहेको छ।
यस प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)काे पदाधिकारी बैठकले छानबिनलाई सघाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।