घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको हो ।
यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला एक लाख ९१ हजार एक सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने एक तोला सुनको मूल्य एक लाख ९१ हजार आठ सय कायम थियो । उक्त दिन सुनको मूल्य १४ सयले बढेको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।