तस्बिरमा सुनकोशी-मरिन डाइभर्सन आयोजनाको अहिलेको अवस्था

शनिबार, ११ जेठ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम अहिले धमाधम भइरहेको छ।

केही समयअगाडि मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आयोजनाको ‘वर्तमान ठेक्का कार्यान्वयनको अवस्था समस्या एवं चुनौती’को अवस्थाबारे बुझ्दै उनले राष्ट्रिय गौरवको आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्ने गरी समाधान खोज्न निर्देशन दिएका थिए।

मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने र ३१.७ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको सुनकोशी - मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम अघि बढिरहेको छ।

यो आयोजनाले तराईका पाँच जिल्लाको कृषि उत्पादनमा क्रान्ति ल्याउनुका साथै ऊर्जा संकट समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सुझावित समाचार