अध्यागमन कार्यालयमा खटाइएका १३ कर्मचारीको एकैपटक सरुवा

तर, भिजिट भिसाको सेटिङको कोर समूहमा रहेका अधिकृतहरूलाई भने हटाइएको छैन

शनिबार, ११ जेठ, २०८२
डिजिटल संस्करण

सरुवा हुनेमा नौजना नासु, तीनजना कम्प्युटर अपरेटर र एकजना सहायक कम्प्युटर अपरेटर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेका अनियमिततासम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि १३ जना कर्मचारीको सरुवा गरिएको छ । गृह मन्त्रालयले बिहीबार नासु र कम्प्युटर अपरेटर पदमा कार्यरत ती कर्मचारीलाई मन्त्रालयमै फिर्ता बोलाएको हो । 

गृह मन्त्रालय स्रोतका अनुसार सरुवा गरिएकामध्ये नौजना नासु, तीनजना कम्प्युटर अपरेटर र एकजना सहायक कम्प्युटर अपरेटर छन् । ती सबै कर्मचारी दरबन्दीभन्दा बढी संख्यामा काजमा अध्यागमन कार्यालयमा खटाइएका थिए । गृह प्रशासनले उनीहरूलाई अस्थायी रूपमा विमानस्थलमा खटाए पनि अख्तियारको छानबिन सुरु भएपछि उनीहरूलाई फिर्ता बोलाएर मन्त्रालयमा पठाइएको हो । 

शक्ति र पहुँचको बलमा गृह मन्त्रालयले कर्मचारीलाई विमानस्थल अध्यागमन पठाएको थियो । कार्यालयमा नौजना नासुको दरबन्दी भए पनि त्यसको दोब्बरभन्दा बढी कर्मचारी खटाएको थियो । दरबन्दीभन्दा बढी संख्यामा रहेका उनीहरूलाई गृहले फिर्ता लिएको हो । उनीहरूलाई अन्यत्र विभिन्न कार्यालयमा जिम्मेवारी तोकिएको छ । 

तर, भिजिट भिसाको सेटिङको कोर समूहमा रहेका अधिकृतहरूलाई भने हटाइएको छैन । उच्च तहकै सेटिङ भएकाले गृहले यसमा सामान्य छानबिनको प्रयास पनि गरेको छैन । 

See More On

सुझावित समाचार