रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि ‘हेर्दाहेर्दै’मा

बिहिबार, ९ जेठ, २०८२
डिजिटल संस्करण
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि ‘हेर्दाहेर्दै’मा

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज बिहीबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो। उक्त रिटमा गत मंगलबारदेखि सुनुवाइ जारी छ।

गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै लामिछानेले पत्नी निकिता पौडेलमार्फत गत ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो।

सुझावित समाचार