माओवादी अध्यक्ष प्रचण्ड रुकुम पूर्वमा

बिहिबार, ९ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रुकुम पूर्वको भूमे गाउँपालिकामा सञ्चालित मारिन बहुउद्देश्यीय सहकारी संस्थाअन्तर्गतको अर्गानिक सहकारी मार्टको अवलोकन गरेको छ ।

अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै आएको जानकारी सहकारीका अध्यक्ष रामेश्वर बुढामगरले गराएका थिए।  उनले स्थानीय रूपमा उत्पादन हुने जैविक  वस्तुको माग उच्च रहेकाले त्यसअनुसार उत्पादन बढाउन आफूहरू क्रियाशील रहेकाे बताए। 

See More On

सुझावित समाचार