सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

बुधबार, ८ जेठ, २०८२
डिजिटल संस्करण

विगत तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य आज तोलामा पाँच हजारले बढेको  छ। यसैगरी चाँदी पनि आज तोलामा ५० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार आठ सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदी एक हजार ९९० मा कारोबार भइरहेको छ ।    

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा परेको हो । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।     
 

See More On

सुझावित समाचार