सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

मंगलबार, ७ जेठ, २०८२
डिजिटल संस्करण

स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटी–बढी भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार आठ सय रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार २२८ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
 
 

सुझावित समाचार