०८४ सालमा एमालेलाई एकल बहुमत ल्याउन असम्भव छैन : अध्यक्ष ओली

सोमबार, ६ जेठ, २०८२
डिजिटल संस्करण
०८४ सालमा एमालेलाई एकल बहुमत ल्याउन असम्भव छैन : अध्यक्ष ओली

फाइल तस्बिर

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने बताएका छन्।

सामान्यतः समानुपातिक प्रणालीमा एकल बहुमत ल्याउन कठिन रहे पनि एमालेका लागि सम्भव भएको भन्दै ओलीले भने, ‘यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्नेछ। यो कष्टसाध्य छ, चुनौतीपूर्ण छ। तर, पनि नेकपा एमालेका लागि सम्भव छ।’

सोमबार काठमाडौंमा एक कार्यक्रममा ओलीले धेरै भोट र धेरै सिट ल्याए ०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने बताएका हुन्।

नेपालले समानुपातिक प्रणाली अपनाइसकेकाले अहिले यही प्रणाली रहने प्रष्ट्याउँदै उनले भने, ‘समानुपातिक प्रणाली साधारणतया ‘हङ पार्लियामेन्ट’ (त्रिशंकु संसद्)को प्रणाली हो। यसले कसैको बहुमत आउँदैन, साधारणतया, प्रणाली यो हामीले चुनिसकेका छौँ, अहिले यो प्रणाली नै कायम रहन्छ।’ 
 

सुझावित समाचार