रविको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा

सोमबार, ६ जेठ, २०८२
डिजिटल संस्करण
रविको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ।

पाँचपटकसम्म हेर्न नमिल्नेमा परेपछि सर्वाेच्चले नै नमिल्नेबाहेकका न्यायाधीशकोमा राख्ने व्यवस्था मिलाउन आइतबार आदेश दिएकाे थियाे। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा परेको रिट पुनः ‘हेर्न नमिल्ने’मा राखिएको हो।

आफूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबीसहित उनले श्रीमती निकिता पौडेलमार्फत बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्

सुझावित समाचार