सदरमुकामनजिकैको घाघरमा एक वृद्ध मृत फेला

सोमबार, ६ जेठ, २०८२
डिजिटल संस्करण

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीनजिकै रहेको घाघरमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। सदरमुकाम मार्तडीमा पर्ने बडिमालिका नगरपालिका– २, घाघर  बस्ने अन्दाजी ६० वर्षीय रूपजंग कार्की आइतबार साँझ ४:१५ बजे सोही ठाउँको घाघरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घटनासम्बन्धी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीको भनाइ रहेको छ।

सुझावित समाचार