पेट्रोल र डिजेलको मूल्य घट्यो

बिहिबार, २ जेठ, २०८२
डिजिटल संस्करण

नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोलमा १ र डिजेल तथा मट्टीतेल ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ।

मूल्य घटाएपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ५७ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ४२ रुपैयाँ कायम भएको छ।

इन्डियन आयल कर्पोरेसनले बिहीबार दिउँसो मूल्य घटाएर पठाएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगमले जनाएको छ।

See More On

सुझावित समाचार