तीनकुने घटनामा संलग्न भएको आरोपमा शिव सेनाका अध्यक्ष पक्राउ

आइतबार, २८ बैशाख, २०८२
डिजिटल संस्करण

डेढ महिनाअघि काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई अदालतमा उपस्थित गराई थुनामा राख्न दुई दिनको म्याद लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

गत १५ चैतमा राजावादी समूहले गरेको आन्दोलन हिंसात्मक भएको थियो। जसमा प्रहरीले व्यवसायी दुर्गा प्रसाईंदेखि राप्रपाका नेतासम्मलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 
 

सुझावित समाचार