नीति तथा कार्यक्रमले ऊर्जा ल्याएको छ : महेश बर्तौला

आइतबार, २८ बैशाख, २०८२
डिजिटल संस्करण

सत्तारूढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको बताएका छन् ।

उनले आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रमले देशमा व्याप्त रहेको निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गरेको बताएका हुन् ।

नीति तथा कार्यक्रमका पक्षमा संसदमा सकारात्मक ढंगले सक्रिय र प्रभावकारी भूमिका निभाउन सत्तारूढ र विपक्षी सांसदहरूलाई उनको आग्रह थियो ।

देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान र देश तथा जनताको हितलाई केन्द्रमा राखी विकास, समृद्धि, सुशासन र सेवा प्रवाहलाई महत्त्व दिएर नीति तथा कार्यक्रम आएको उनको भनाइ थियो।

नीति तथा कार्यक्रमको विपक्षमा बोल्दै आएकाे माओवादी केन्द्रप्रति उनले व्यंग्य गर्दै जस्तोसुकै राम्रो पक्षलाई पनि आलोचना गर्ने खराब चरित्रबाट मुक्त हुनुपर्नेसमेत बताए ।
 

सुझावित समाचार