मन्त्रीहरूलाई बाँस्कोटाको चेतावनी– बजेट आफ्नै क्षेत्रमा केन्द्रित नगर्नुस्

शुक्रबार, २६ बैशाख, २०८२
डिजिटल संस्करण

प्रमुख सत्तारूढ दल नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले मन्त्रीहरूलाई बजेट आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित नगर्न सचेत गराएका छन्।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रमा जारी छलफलमा भाग लिँदै सांसद बाँस्काेटाले सधैँको लागि मन्त्री भएको भन्ने नठान्न र देशलाई सोचेर बजेट बनाउन सुझाव दिए।

बाँस्कोटाले भने, ‘मन्त्री हुने साथीहरूसँग दुःखेसो छ। तपाईंहरू अन्तिमपल्टलाई मन्त्री भएको हो कि फर्केर आएपछि सांसदकै लहरमा बस्नुहुन्छ ? सत्ता पक्ष भए पनि यति गुनासो राख्न सक्छु। बजेट नीति कार्यक्रममा देशलाई सोचेर गर्नुस् है। आफ्नो निर्वाचन क्षेत्रकेन्द्रित नगर्नुस्। अब कतिपयलाई दैलोमा भेट हुँदैन, फोन गर्दा उठ्दैन, जाँदा मान्छे हुँदैन। कहाँ खोज्न जाने टुकी बालेर ? टुकी बालेर खोज्न जाने स्थिति नबनाउनुस् के । एक्लै एक्लै बनेको हुँदैन।’

सुझावित समाचार