भारत-पाकिस्तानबिचको तनावको विषयमा नेपालीको सुरक्षाप्रति सभामुखद्वारा सरकारको ध्यानाकर्षण

शुक्रबार, २६ बैशाख, २०८२
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले भारत-पाकिस्तानबिच जारी तनावका कारण दुवै देशमा रहेका नेपालीहरूको अवस्था र उनीहरूको सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरू भारत पाकिस्तानको तनावको विषय उठाउँदै दुवै देशमा रहेका नेपालीको सुरक्षाप्रति चिन्ता व्यक्त गरेपछि सभामुखले यस्तो निर्देशन दिएका हुन् ।

सभामुख घिमिरेले भनेका छन्, ‘भारत र पाकिस्तानबिच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीहरूको सुरक्षालगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’   

सुझावित समाचार