तोलामा एक हजार सात सयले बढ्यो सुन

बुधबार, २४ बैशाख, २०८२
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु. एक हजार सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९१ हजार ६ सय  कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी  एक हजार नाै सय ६५ मा बेचबिखन भइरहेको छ । 

मंगलबार प्रतितोला सुन रु. एक लाख ८९ हजार नाै सय  र त्यति नै परिमाणको चाँदी रु. एक हजार नौ सय ६५ मा खरिद–बिक्री भएको थियो ।  अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार तीन सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
 

See More On

सुझावित समाचार