बाथरुममा लडे प्रचण्ड, निधारमा सामान्य चोट

अस्पतालमा चेकजाँचपछि प्रचण्ड घर फर्किएर नियमित काममा लागेका छन्

बुधबार, २४ बैशाख, २०८२
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति बाथरुममा चिप्लिएर सामान्य घाइते भएका छन् । बाथरुममा लडेर घाइते भएका उनको निधारमा चोट लागेको छ ।

बाथरुममा लडेर घाइते भएपछि उनलाई मेडिसिटी अस्पतालमा लगिएको थियो । अस्पतालमा चेकजाँचपछि प्रचण्ड अहिले घर फर्केर नियमित काममा संलग्न भएको गंगा दाहालले जानकारी दिइन् । 

See More On

सुझावित समाचार