नेपाल एसबिआई बैंकद्वारा चेपाङ समुदायलाई खाद्य सामग्री वितरण

मंगलबार, २३ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १४ र १५ का चेपाङ समुदायलाई लक्षित गरी खाद्य सामग्री वितरण गरेको छ।

बैंकका बागमती प्रदेश प्रमुख सुशीलराज श्रेष्ठले समुदायका ६३ परिवारलाई एक कार्यक्रमबिच औपचारिक रूपमा उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन्। बैंकले विपन्न तथा पिछडिएका वर्गहरूमा यस किसिमको कार्यक्रम समय–समयमा गर्दै आइरहेको जनाएको छ।

सुझावित समाचार