‘अस्ट्रेलियाले हरेक वर्ष ५० हजार आफ्नो राष्ट्रिय जनावर कंगारू मार्छ हामीले बाँदर मार्न किन नहुने ?’

मंगलबार, २३ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले यदि किसानलाई राहत दिने हो भने बाँदर र बँदेललाई मार्नुपर्ने बताएका छन् । मंगलबार सरकारको ०८२/ ०८३ को नीति तथा कार्यक्रमको सन्दर्भमा आफ्नो भनाइ राख्ने क्रममा उनले यस्तो बताएका छन् ।  

किसानलाई दुःख दिने बाँदर र बँदेल मारे  कानुन लाग्छ भनेर  संरक्षण गरिरहने हो भने किसानहरू विस्थापित हुने अवस्था आउने उल्लेख गरे । उनले भने, ‘अस्ट्रेलियाले हरेक वर्ष ५० हजार आफ्नो राष्ट्रिय जनावर कंगारू मार्छ तर, हामीले बाँदर मार्न किन नहुने ?’

गाउँगाउँमा सिंहदरबार पुर्याउने भनेको पालिकाको भवनमा मात्रै सीमित रहेको बताए । उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए । राजस्व बढाउन करको दायरा बढाउनुपर्नेमा जोड दिए । उनले घरेलु मदिराबाट एक रुपैयाँ पनि कर नउठेको भन्दै घरेलु मदिरालाई करको दायरामा ल्याउने हो भने दुई खर्ब राजस्व उठ्ने दाबी गरे । उनले लथालिंग ढंगले सामाजिक सुरक्षाको भत्ता बाँडिरहेको आरोप लगाए। देश विकासका लागि डोनर नभई इन्भेस्टर खोज्नुपर्नेमा उनले जोड दिए । 

सुझावित समाचार